September 21, 2024, 3:10 am
» नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति » सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ » रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी » राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस » ४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

एप्पलको ‘इट्स ग्लोटाइम’ इभेन्ट सेप्टेम्बर ९ मा, नयाँ आइफोन लन्च गर्दै

भदौ १४, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौँ । आईफोन निर्माता एप्पलको लागि वर्षको सबैभन्दा ठूलो लन्च कार्यक्रम सेप्टेम्बर ९ मा आयोजना हुनेछ । कम्पनीले यसका लागि आधिकारिक निमन्त्रणा पठाउन थालेको छ, जसको ट्यागलाइन ‘इट्स ग्लोटाइम’ रहेको छ ।
एप्पलले यस इभेन्टमा आईफोन १६ सिरिजका चार मोडलहरू प्रस्तुत गर्ने तयारी गरेको छ । आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स । तर, कम्पनीले उक्त कार्यक्रममा लन्च हुने उत्पादनका बारेमा जानकारी दिएको छैन ।
नेपाली समय अनुसार सेप्टेम्बर ९ सोमबार राति १०: ४५ बजेदेखि कार्यक्रम सुरु हुनेछ । कम्पनीले २०२० बाट प्रि-रेकर्ड गरिएको भिडियो स्ट्रिम गर्दछ, जसमा यसले आईफोन र अन्य उत्पादनहरूको नयाँ श्रृंखला लन्च गर्दछ । अहिलेसम्म लीक भएका सूचना अनुसार, एप्पलले आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको डिस्प्ले साइज परिवर्तन गर्न सक्छ । आईफोन १६ प्रो म्याक्समा ६.९ इन्चको डिस्प्ले हुने बताइएको छ । त्यस्तै आईफोन १६ प्रोमा ६.३ इन्चको डिस्प्ले हुने उल्लेख गरिएको छ ।
एप्पलले गत वर्ष ‘वान्डरलस्ट’ कार्यक्रममा आईफोन १५ सिरिज, एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ पनि लन्च गरेको थियो । कम्पनीले पहिलो पटक चार्जिङका लागि टाइप–सी पोर्ट उपलब्ध गराएको थियो ।

प्रतिक्रिया