September 20, 2024, 4:29 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

एकीकृत समाजवादीको उपाध्यक्ष र उपमहासचिवमा को को विजयी भए ?

भदौ १२, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्याक्षको निर्वाचनको मतपरिणाम सार्बजनिक भएको छ ।
जस अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६)  विजयी भएका छन् । उपाध्यक्षमा निर्वचित जोशी बाहेक तिनै जना अध्यक्ष माधव कुमार नेपाल निकट नेता हुन् ।
त्यस्तै महिला उपाध्यक्षमा पनि नेपाल निकट नेतृ जयन्ती राई विजयी भएकी छन् भने रामकुमारी झाक्री पराजित भएकी छन् । नेपाल पक्षले आफु निकट उम्मेदवारको चिट नै बनाएर बाँडेको थियो ।
त्यस्तै चार उपमहासचिवको नतिजा पनि आएको छ । जसमा मेटमणि चौधरी १५८ मत प्राप्त गर्दै विजयी भएका छन् भने रामकुमार खड्का र गरिमा शाहले १०७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै राजेन्द्र राईले १०६ मत प्राप्त गर्दै विजयी भएका छन् । चार उपमहासचिवको लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया