September 21, 2024, 2:43 am
» नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति » सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ » रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी » राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस » ४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक प्रहरी नियन्त्रणमा

भदौ ११, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौँ । गौरा पर्वको अवसरमा सुदूरपश्चिम सांस्कृतिक समाजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने र भाषणको बेला हुलहुज्जत मच्चाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गरिएको छैन । प्राप्त फोटो र भिडिओका आधारमा केहीलाई निगरानीमा राखिएकोसमेत प्रहरीले जनाएको छ ।घटनाबारे सोधपुछ तथा थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया