December 25, 2024, 4:08 pm
» बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए » बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै » मन्त्री भण्डारी र सचिव निरौलाको कारण मन्त्रालय अस्तव्यस्त

राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

भदौ ११, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री  सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेट गरेका छन् ।
सो अवसरमा नेपाल र ओमानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै, उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल र ‌ओमानले आपसी हित र सरोकारका विषयमा संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र एशियाली सहयोग संवाद लगायत बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आइरहेको बताउँदै भविष्यमा पनि यस प्रकारको सहकार्यलाई निरन्तर दिने विश्वास व्यक्त गरेका थिए ।
सोमबार काठमाडौँ आएका विदेशमन्त्री अल्बुसैदीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए भने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग दुई पक्षीय भेटवार्ता गरेका थिए ।
उनी आजै भ्रमण सम्पन्न गरेर स्वदेश फर्किदै छन् ।

प्रतिक्रिया