September 19, 2024, 4:37 pm
» श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौंको वसन्तनगरमा बन्यो मंगलादेवी ज्येष्ठ नागरिक पार्क

भदौ १०, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क आज उद्घाटन गरेका छन् ।
आज काठमाडौं महानगरपालिका वडा नं ११ वसन्तनगरमा निर्मित  मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको आज माननीय उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरेका हुन् ।

बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा शहरी विकास मन्त्रालयको बजेटमा पार्क निर्माण भएको हो ।
`नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह नै हो,’  पार्क उद्घाटन समारोहमा उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले संविधानमा रहेकाे समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको  उपलब्धि पनि हो ।´

नेवारी मौलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्दनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए । पार्कको सञ्चालन र संरक्षण काठमाडौं महानगरपालिका वडा नं ११ ले गर्ने वडा अध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए ।

प्रतिक्रिया