December 24, 2024, 1:16 am
» नेपाली शान्ति सैनिकहरूको अदलीबदली » टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला » युरोप र भारत भ्रमण सकेर स्वदेश फिर्ता भइन् परराष्ट्रमन्त्री राणा » एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित

तिव्रगतिको टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

भदौ १०, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

सञ्जय मिश्रा, रौतहट । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर स्थित टाटा सुमो र मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
चन्द्रपुर ४ स्थित राजमार्गमा धन्सार पुल छेउमा पश्चिम बाट पुर्ब जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ च ५३१ नम्बरको यात्रुबाहक टाटा सुमो र पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १-०२-०४३ प ८०२५ नम्बरको मोटरसाईकल एक आपसमा जुध्दा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाईकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका-१५ का ३३ बर्षिय तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका-११ का बिबस सापकोटा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन् ।

टाटा सुमोको ठक्करबाट गम्भीर घाईते दुवैजनालाई उपचारको लागि स्थानीय सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले बताएका छन् ।
ठक्कर दिएको टाटा सुमो ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको छ । मृतक दुवैजनाको शब पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिाहपुरमा पठाईएको प्रहरीले जनाएको छ ।
सोमवार दिउँसो १ बजेर ४० मिनेटमा भएको दुर्घटना तिव्रगतिको कारण हुनसक्ने प्रहरीको अनुमान रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् ।

प्रतिक्रिया