September 19, 2024, 10:09 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

ममताको श्रीमानले नै हत्या गरेको प्रहरी रिपोर्ट

भदौ ९, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं। अमेरिकाको भर्जिनियाबाट ३ हप्ताभन्दा धेरै समयदेखि बेपत्ता नेपाली मूलकी महिला ममता काफ्ले भट्टको हत्या उनकै श्रीमानले गरेको प्रहरीले अदालतमा बताएको छ। अमेरिकी मिडिया फक्स ५ ले आफूले अदालतमा पेश गरिएको प्रहरीको चार्जशिटको प्रतिलिपि प्राप्त गरेको बताउँदै यस्तो खुलासा गरेको हो।

फक्स ५ ले प्राप्त गरेको आपराधिक उजुरी कागजातहरूमा नरेश भट्टले आफ्नी श्रीमती ममता काफ्ले भट्टको हत्या गरेको र उनको शवलाई मानसस पार्कमा रहेको आफ्नो घरबाट घिसारेर बाहिर निकालेको आरोप लगाएको छ। आरोपपत्रमा अरू पनि धेरै भयानक कुराहरू उल्लेख गरिएको छ।

फक्स ५ का अनुसार उसका पत्रकार स्टेफनी रामिरेज शुक्रबार नरेशलाई अदालतमा पेश गरिँदा सुनुवाइमा उपस्थित थिए। सरकारी अभियोजकहरूले अदालतमा नरेशले नै ममताको हत्या गरेको दाबी गरेका छन्।

तर, ममताको शव फेला नपरेको कारण अहिले नरेशविरुद्ध मृत शरीर लुकाएको सम्बन्धमा छैटौं श्रेणीको आपराधिक आरोप लगाइएको छ। सुनुवाइमा न्यायाधीशले शुक्रबार नरेशको रिहाइ अस्वीकार गरे र उनी हिरासतमा छन्।

अदालतमा अनुसन्धानकर्ताहरूले यस हप्ता भट्टको घरमा खोजी गरेको बताए। उनीहरूले अनुसन्धानको क्रममा जम्मा गरिएको डिजिटल र फरेन्सिक प्रमाणले ममताको शव निवासभित्र रहेको र सम्भवतः घिसारेर बाहिर निकालिएको संकेत गरेको पाइएको बताए। अदालतमा पेश गरिएका कागजातहरूमा ममताको हत्या जुलाई ३० मै मा वा यसको १-२ दिन वरपर भएको हुनसक्ने उल्लेख छ।

ब्लुस्टार टेक्नोलोजी प्रयोग गरेर अनुसन्धानकर्ताहरूले घरको भुइँमा रगतको फैलिएको कुरा पत्ता लगाए। कागजातहरूका अनुसार घरको मास्टर बेडरुममा, कार्पेटमा र मुख्य शयनकक्षको बाथरुममा रगत बगेको चिन्हहरू थिए।

ब्लुस्टार टेक्नोलोजीको साथमा थप परीक्षणले त्यो रगत भएको पुष्टी भयो। श्रीमती हराएको बारेमा प्रहरीले सोधपुछ गर्दा नरेशले धेरै असंगत बयान दिएको पनि अदालतमा बताइएको छ।

ममता हप्ताको दुई दिन युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा बालरोग नर्सको रूपमा काम गर्छिन्। उनी अगस्ट १ र २ मा काममा गइनन्। उनले काममा नआउनेबारे फोन सम्पर्क पनि नगरेकोले अस्पतालले प्रहरीलाई खबर गरेको थियो।

यसपछि सोधपुछमा नरेशले आफ्नी श्रीमती टेक्सास वा न्युयोर्कमा परिवारलाई भेट्न गएको दाबी गर्दै बेपत्ता भएको रिपोर्ट गर्न अस्वीकार गरेका थिए। यद्यपि ती राज्यहरूमा ममताको परिवार नभएको बताउँदै अभियोजकहरूले ममताको परिवार सबै नेपालमा बस्ने अदालतलाई बताए।

अनुसन्धानकर्ताका अनुसार नरेशले अगस्ट ६ आफ्नी श्रीमती बेपत्ता भएको रिपोर्ट गर्न पुलिसलाई सम्पर्क गरेका थिए । त्यतिबेला उनले श्रीमतीलाई पछिल्लो पटक जुलाई ३१ को बिहान देखेको बताएका थिए । तर, उनले पछि आफ्नो बयान फेरेर ममतालाई अन्तिम पटक अगस्ट १ को बिहान देखेको बताए ।

अभियोजनकर्ताहरूले अदालतमा गरेको दाबीअनुसार ३० जुलाईमा नरेश चान्टिलीको वालमार्टमा गएर तीनवटा चक्कुहरूको प्याकेट किनेका थिए । तर उनको घरको खोजीमा एउटा मात्र चक्कु फेला परेको थियो।

वालमार्टको सीसीटीभी फुटेजमा पनि नरेशले जुलाई ३१ मा विभिन्न सफाई सामग्रीहरू खरिद गरेको देखिएको थियो। उनले किनेको र हराइरहेको चक्कु हत्या गर्न प्रयोग गरेको र सफाइ सामग्रीहरू हत्यापछि घटनास्थल सफा गर्न प्रयोग गरेको प्रहरीको आरोप छ ।

अनुसन्धानकर्ताहरूले नरेशको घरमा खोजतलासी गर्दा घर अव्यवस्थित अवस्थामा फेला पारेको बताए। खानतलासीको दुई दिन अघि नरेशले आफ्नो टेस्ला कार बेचेको अभियोजकहरूले खुलासा गरे।

घरमा खोजी गर्दा घरधनीले घर छाडेर बाहिर जान लागेको जस्तो देखिन्थ्यो । नरेश भट्ट र उनकी छोरी दुवैका लागि सुटकेस प्याक गरिएको थियो र पासपोर्ट तयारी अवस्थामा थियो । पुलिसले अन्य दुई व्यक्तिसँग कुरा गरेको थियो । ती २ जनाले नरेशले आफ्नो घर पनि बेच्न उनीहरूसँग छलफल गरेको दाबी गरे।

अधिकारीहरूले दम्पतीकी छोरी नीमा सुरक्षित रहेको र हाल समाज सेवा विभागद्वारा स्वीकृत कसैको हेरचाहमा रहेको पुष्टि गरेका छन्।

प्रतिक्रिया