September 19, 2024, 1:01 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

आँबुखैरेनी बस दुर्घटना: २१ जनाको उद्धार, १२ जनालाई टिचिङ अस्पताल पुर्याइयो

भदौ ७, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

शुक्रबार आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको र बसमा भारतीय पर्यटकहरु सवार रहेका थिए ।  प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १८ जनाको शव निकालिएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले १२ जना घाइतेको उपचार टिचिङ अस्पताल काठमाडौँमा  र ९ जनाको उपचार स्थानीय अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको जानकारी दिएका छन् । घाइते १२ जनालाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौँ पुर्याएको थियो ।

प्रतिक्रिया