September 20, 2024, 7:20 pm
» नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति » सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ » रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी » राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस » ४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

थाईल्याण्डमा विमान दुर्घटना, नौ जनाको मृत्यु

भदौ ७, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

बैङ्कक, : थाईल्याडको राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् ।

विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिहरूको मृत्यु भएको अनुमान गरिएको थाई अधिकारीहरूले जनाएका छन् ।

दुई पाइलट तथा सात जना यात्रुसहित नौ जना सवार जहाज बैङ्ककको सुवर्णभूमि विमानस्थलबाट थाइल्यान्डको खाडीस्थित ट्राट प्रान्ततर्फ जाँदै गर्दा दुर्घटना भएको स्रोतले जनाएको् छ ।

दुर्घटनापछि बेपत्ता व्यक्तिहरूलाई खोज्ने प्रयास गरिरहेको बताउँदै विमानमा सवार सबै जनाको मृत्यु भइसकेको चाचोङ्साओका गभर्नर चोन्लेटी याङट्रोङ्गले घटनास्थलमा पत्रकारहरूलाई  जानकारी दिनुभयो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा सवार यात्रुहरूमा दुई बालबालिकासहित चार थाई र पाँच चिनियाँ नागरिक थिए ।

दुर्घटनाग्रस्त विमानको खोजी कार्यका लागि ३०० भन्दा बढी सैन्य कर्मचारी र स्वयंसेवक तैनाथ गरिएको छ भने अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरीसकेका छन् ।

खोजीकर्ताहरूले दुर्घटनामा परेका मानिसहरूका शरीरका केही अङ्ग तथा विमानका टुक्राहरू फेला पारेको  अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार भारी वर्षाका कारण खोजी कार्यमा बाधा पुगेको छ ।  तर चोन्लेटीले वेपत्ताहरू फेला नपारेसम्म खोजीकार्य नरोकिने  उल्लेख गर्नुभयो ।

प्रतिक्रिया