September 19, 2024, 1:19 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

चिकित्सको टोली लिएर बस दुर्घटनास्थलतर्फ गयो सेनाको हेलिकोप्टर

भदौ ७, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं : मेडिकल टिमसहित लिएर सेनाको हेलिकोप्टर बस दुर्घटनास्थलतर्फ गएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मेडिकल टिमसहितको टोली लिएर हेलिकोप्टर केहीबेर अघि दुर्घटनास्थल तर्फ गएको हो।

पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसको थियो।

दुर्घटनास्थलबाट १५ जना अचेत र १४ जनाको घाइते अवस्थामा उद्धार गरिएको तनहुँ प्रहरीले जनाएको छ। बसमा ४३ जना यात्रु रहेको खुलेको छ। अन्य यात्रुको भने खोजि जारी रहेको प्रहरीले जनाएको छ। उद्धारमा गोताखोरको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्।

प्रतिक्रिया