September 19, 2024, 12:59 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

पहिरोमा पुरिएर भारतको केदारनाथ नजिकै चार नेपालीको मृत्यु

भदौ ७, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं । भारतको उत्तरखण्ड राज्यको केदारनाथ नजिकै गएको पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु भएको छ ।

बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहरा छन् । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया