September 19, 2024, 12:59 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

मर्स्याङ्दी बस दुर्घटना : करिब एक दर्जनको मृत्यु

भदौ ७, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं । तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा परेकाको उद्धार जारी रहेको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटनामा परेको हो ।

सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहितको ४५ जना र नम्बर २३ गण: मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्दारमा खटिएको छ ।

अप्ठेरो भिर भएका कारण टुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने प्रयास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रारम्भिक रुपमा १०र११ जनाको मृत्यु भएको बुझिएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया