September 20, 2024, 7:39 am
» कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण, मन्त्री क्वाटरमै आराम गर्दै » नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ- प्रचण्ड » प्रधानमन्त्री ओली अमेरिका प्रस्थान » प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री » प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

फरार पाँच जुवाडे पक्राउ

साउन ३१, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

डडेल्धुरा । जुवा मुद्दामा फरार रहेका पाँच जनालाई डडेलधुरा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ मरौडाका ६५ वर्षीय गणेश चुनारा, ३७ वर्षीय उद्धब सार्की,  अमरगढी–१ कै २८ वर्षीय दिपक कामी रहेका छन्। यस्तै अमरगढी नगरपालिका–२ का बिरेन्द्रबहादुर खडायत र भागेश्वर गाउँपालिका–५ का रुपाली बस्ने ३९ वर्षीय खगेन्द्र नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जुवा मुद्दामा पाँच हजार जरीवाना ठहर गरेपछि फरार रहेका थिए। उनीहरूलाई बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया