September 19, 2024, 12:55 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

स्रोत छल्न ९३ प्रतिशत कममा कर्मचारीले नै गरे जग्गा खरिद मालपोतमा राजश्व छली

साउन २९, २०८१ मा प्रकाशित | ७३६०दर्शक तीव्रखबर

काठमाडौं । जग्गा खरिद विक्री गर्दा रजिष्ट्रेशन पास खर्च र लाभ कर छल्न कारोवार भन्दा १७ औं गुणा कम (६.४) प्रतिशत मुल्य देखाएर पास गरिएको पाएको छ । काठमाडौं बुढानिलकण्ठ न.पा ३ खड्का भद्रकाली स्थित तल्लो पासिकोटमा रहेको जग्गा विक्रीकर्ता विजय के.सी र खरिदकर्ता निजामती कर्मचारी समेत रहेका गणेश भट्टराईले १ करोड ७१ लाख २५ हजारमा कारोबार गरेको भएता पनि ११ लाखमा खरिद गरेको देखाई रजिष्ट्रेशन पास शुल्क र लाभ कर दुवै छलेको बताइन्छ ।
खरिदकर्ता भट्टराईले स्रोत देखाउन समस्या हुने भएकोले खरिदमुल्यको ९३.६ प्रतिशत कम मुल्यमा रजिष्ट्रेशन पास गरि खरिद गरेको समाचार स्रोत उल्लेख गरेको छ । गत फागुन ४ गते मालपोत कार्यालय टोखामा रजिष्ट्रेशन पास गरिएको सो जग्गाको किता नं. १४८ को क्षेत्रफल ३९.१८ वर्ग फिट रहेको छ ।

प्रतिक्रिया