December 24, 2024, 1:19 am
» नेपाली शान्ति सैनिकहरूको अदलीबदली » टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला » युरोप र भारत भ्रमण सकेर स्वदेश फिर्ता भइन् परराष्ट्रमन्त्री राणा » एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित

प्रचण्डले नेतृत्व छाडनु पर्ने माग आए पछि माओवादी बैठक ४ घन्टा पछि सरयो

साउन २८, २०८१ मा प्रकाशित | १३४०दर्शक तीव्रखबर

काठमाडौं, । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक चार घन्टा पर सरेको छ ।

गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब २ बजे मात्र बस्नेछ ।  जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाईएको थियो। तर, शिर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घन्टा पछि सरेको हो ।

बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए । सो पछि मुख्यतयाः जनार्दन शर्माले अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्ने लिखित माग राखे पछि माओवादी बैठक पेचिलो बन्न पुगेको छ ।

प्रतिक्रिया