September 20, 2024, 2:54 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

युवाहरुको आवश्यकता र भावना अनुसारको नीति आवश्यक : राष्ट्रपति

साउन २८, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवा परिवर्तनका संवाहक तथा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका हुन् । उनले  भने, ‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् ।’

साथै उनले युवाको शसक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताए । उनले युवाहरुको आवश्यकता र  भावनालाई  बुझेर नयाँ नीति आवश्यक भएको बताए ।

प्रतिक्रिया