December 23, 2024, 7:36 pm
» नेपाली शान्ति सैनिकहरूको अदलीबदली » टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला » युरोप र भारत भ्रमण सकेर स्वदेश फिर्ता भइन् परराष्ट्रमन्त्री राणा » एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित

बाबुरामको स्वर्णिमलाई सुझाव- ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउनु राम्रो हुन्छ

साउन २०, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलाई  ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका हुन् ।

उनले भनेका छन्- ‘मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश/क्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । नेपाल जस्तो दुई ठूला देशको बिचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भूल सच्याउनु राम्रो होला !’

प्रतिक्रिया