September 20, 2024, 2:46 am
» च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

बंगलादेशको विद्यार्थी प्रदर्शनमा फेरि हिंसा

साउन १७, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

ढाका : बंगलादेशमा आरक्षणविरुद्धमा चलिरहेको आन्दोलनमा फेरि हिंसा भड्किएको छ। आन्दोलनरत विद्यार्थी र प्रहरीबीच हिंसा भड्किएको हो।

विद्यार्थीहरूले भर्खरै भएको हिंसामा परेका पीडितलाई न्यायको माग गर्दै थिए। सोही समयमा फेरि हिंसा भड्किएको बीबीसी समाचारमा उल्लेख छ।

उत्तरपूर्वी सहर सिल्हेतका एक अधिकारीले बुधबार प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको बताए।

राजधानी ढाकासहित अन्य सहरमा पनि झडपका घटना भएका छन्।

यो महिनामा विद्यार्थी आन्दोलनको क्रममा भएको हिंसामा २०० भन्दा बढीको मृत्यु भइसकेको छ। प्रहरीले झण्डै एक हजारलाई नियन्त्रणमा लिएको छ।

बुधबार विद्यार्थीहले न्यायको लागि मार्चको आह्वान गरेका थिए। विद्यार्थीको सामूहिक हत्या, आक्रमण, गिरफ्तारी र बेपत्ताको विरोधमा प्रदर्शन भएको विद्यार्थीहरूले बताएका छन्।

प्रतिक्रिया