विश्व बजारका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो : चेम्बर अध्यक्ष अग्रवाल

- April 28, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । काठमाडौंमा आज सुरु भएको इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटमा सो कुरा बताएका हुन । अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताए ।

अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङक छ, श्रम लागत पनि निकै सस्तो छ । यहा“ लगानी मार्फत उत्पादन भएका बस्तुहरुलाई  विश्वका झण्डै ३ अर्व जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पु¥याउन सकिन्छ ।’ आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हि“ड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान समेत गरे । लगानीको सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको भनाई छ ।

नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधार र सूचना प्रविधिको क्ष्ँेत्रमा लगानीका लागि अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय लगानीकर्तालाई आव्हान गरे । विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसंगै लाभयुक्त परियोजनाहरु छनोट गरेको अग्रवालले बताए । उनले भने, ‘अन्तराष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बर्हिगमनको व्यवस्था एकद्धार नीतिबाटै गरिएको छ ।’

काठमाडौंमा भईरहेको तेस्रो अन्तराष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दिर्घकालिन महत्व राख्ने उनले बताए । लगानी सम्मेलनमा प्राथमिकताका क्षेत्रसहित लगानीको आव्हान गरिएको र निजी क्षेत्र पनि साथै रहेकाले सम्मेलन फलदायी हुने अध्यक्ष अग्रवालले बताए । अन्तराष्ट्रिय लगानी सम्मेलनमा चेम्बर अफ कमर्सका तर्फबाट करिव १ दर्जन आयोजनालाई सोकेसका रुपमा राखिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट