सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकास्थित बुढीचौरमा सामुदायिक भवन निर्माण

- April 28, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्दावति गाउँपालिकाको वडा नम्बर १० स्थित स्थानीय बुढीचौरमा सामुदायिक भवन निर्माण गरिएको छ । जापानी नागरिकहरूको आर्थिक सहयोगमा सो सामुदायिक भबन निर्माण गरिएको हो । भवन निर्माणका लागि लाल्टीन फाउन्डेसनले जमिन उपलब्ध गराएको थियो ।

पालिकामा रहेको १२ वटा वडाका समुदायले प्रयोग गर्नेगरी जापानी संस्था‘ज्याफ्स’ ले भवन निर्माण गरेको लाल्टीन फाउण्डेशनका अध्यक्ष तथा प्रेस काउन्सिलका पूर्व सदस्य सुदर्शन आचार्यले जानकारी दिए । उक्त भवनमा फाउण्डेशनले रेडियो संचालन तथा सिन्धुको समग्र जातजाती संग्रहालयका लागि प्रयोग गरिने नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक जिल्ला शाखाका पुर्वअध्यक्ष समेत रहेका आर्चायले बताए । एक करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त भवनको जापानी राजदूत कीकुता यूताले उद्घाटन गरेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट