कान्ति राजपथ आजदेखि एक महिनासम्म बन्द गरिने

- April 28, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ललितपुरको टिकाभैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ३० दिनका लागि बन्द हुने भएको छ । ललितपुरको बगुवा– तिनपाने खण्डमा रक कटिङ कार्य गर्नका लागि बैशाख १६ गतेदेखि जेठ १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका सूचना अधिकारी इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।

रक कटिङ कार्य गर्नका लागि बगुवा– तिनपाने खण्ड बैशाख १६ गतेदेखि जेठ १५ गतेसम्म बिहान ४ बजेदेखि बिहान ९ बेसम्म र मध्याह्न १२ बजे देखि साझ ६ बजे सम्म बन्द हुनेछ । विभिन्न ५ स्थानमा सिंगल लेन भएको ठाउँमा कडा चटान कटिङ गरि डब्बल लेन सडक निर्माण गर्ने कार्य भैरहेको छ । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । अन्य समयमा सवारी साधन सन्चालन हुनेछ तर उक्त खण्ड भै सन्चालन हुने ६ चक्के वा सो भन्दा बढिका मालबाहक सवारी साधनमा निर्माण अबधी भरी पूर्णरुपमा रोक लगाईएको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले सूचना नै प्रकाशन गरि उक्त सडक खण्ड बन्द हुने जनाएको हो । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौंलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब चार किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईन्जिनियर महर्जनले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट