आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु

- April 19, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  : स्याङ्जा, बिरूवा गाउँपालिका-७ कुमेरदुङ बस्ने ७४ वर्षीया रेउसरी गुरूङको आगोले जलेर बिहीबार दिउँसो मृत्यु एको छ ।

आफ्नो बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा आगो जंगलमा सल्कन गई निभाउने क्रममा उनको जलेर घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

दाङ, लमही नगरपालिका-९ तरूलिया बस्ने ७० वर्षीय वीर बहादुर बोटेको आगलागीमा जलेर बिहीबार साँझ मृत्यु भएको छ ।

आफ्नै घर र कच्ची गोठ आगलागी हुँदा घरभित्र रहेको सामान निकाल्न घरभित्र गएकोमा उनको आगोले जलेर मृत्यु भएको हो ।

आगलागीबाट घर, गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

साथै सोही ठाउँ बस्ने जित बहादुर बोटेको कच्ची घर र कच्ची गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!