जन्ती लिएर जादै गरेको बस सिन्धुपाल्चोकको पिस्करमा दुर्घटना हुदाँ ३ जनाको निधन

- April 19, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । जन्ती लिएर जादै गरेको बस सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा दुर्घटना परि ३ जनाको निधन भएको छ । निधन हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका–१ सुस्पाका मानबहादुर थामी, शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेको बताइएको छ । दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक आउँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चौताराको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । दुर्घटनामा ५२ जना घाइते भएका छन् । भिमेश्वर– १ बाट स्थानीय शुसिल थामीको विवाहको लागि दोलखाबाट बिहान साढे ३ बजे जन्ती बोकेर बस हिँडेको घाइतेहरुले बताएका छन् ।

बस त्रिपुरासुन्दरी– ५ धारावतीबाट १०० मिटर तल खसेको थियो । ५२ जना घाइते भएका छन् । दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत भै सकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!