चेम्बरको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित

- April 9, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३ औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

उनी यसअघी चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेका थिए । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यवसायिक अनुभव रहेको दाबी समेत गरिएको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातोकोत्तर गरेको बताइएको छ ।

निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवं शुभकामना दिएका छन् । चेम्बरको नया“ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपककुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् । वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, बस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियमा निलकण्ठ चौलागाई र जिल्ला तर्फको उपाध्यक्षमा सन्तोषकुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

७३ औं वार्षिक साधारणसभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ । ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनित बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएको चेम्बरले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!