फलामको काम गर्ने उद्योगी र श्रमिकले टिटि खोप अनिवार्य लगाउनु : उपाध्यक्ष कटुवाल

- April 6, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टील व्यवसायीमा सम्लग्न उद्यमी र ग्रील श्रमिककालागि टिटि खोप अतिनै आवस्यक भएको बताएका छन् । उनले ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौ पुर्बी क्षेत्रीय समिति अन्तर्गतको कपन इकाइ समितिले आयोजना गरेको ग्रील तथा स्टील व्यवसायीहरुकालागि निशुल्क टिटि खोपको शुभारम्भ गर्ने क्रममा सो कुरा बताएका हुन ।

उनले फलामजन्य काम गर्नेहरु सवैले टिटी खोप अनिवार्य लगाउन समेत आग्रह गरे । कपन इकाइ समितिले टिटि खोपको आयोजना गरेको अत्यन्तै सराहनिय कार्य भएको बताउदै खोपको अवसरमा वर्षभरी काममा व्यस्त हुने ग्रील ब्यवसायी र श्रमिकलाइ लक्षित गरि बृहत् बनभोज कार्यक्रमले ब्य्वसायी र श्रमिकलाइ वर्षभरी गरेको कठिन परिश्रमबाट थकिन शरिरलाइ आराम अनि मनिरन्जन प्रदान गर्ने बताए।

ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका सस्थापक अध्यक्ष समेत रहेका कटुवालले देशमा आर्थिक मन्दीका कारण बन्द हुन लागेका ग्रील उद्योगहरुलाई सरकारले राहतका कार्यक्रमहरु ल्याएर लाखौलाई रोजगारी दिइरहेको ग्रील ब्यवसाय पुर्ण रुपमा सन्चाल्न गर्न सक्ने बातावरण बनार्इ दिन सरकारको ध्यानाकर्षण गराएका थिए।

उपाध्यक्ष कटुवालले ग्रील तथा स्टील ब्यवसायिका समस्याहरु समाधान गर्न नेपाल घरेलु तथा साना उद्योग महासघले सदैब पहल गर्ने बताए । कपन इकाइ समितिका अध्यक्ष भेषराज श्रेष्ठ, महासघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ, काठमाडौ जिल्ला अध्यक्ष सुनिलकुमार अमात्य, महासचिब पशुपति श्रेष्ठ, पुर्बी क्षेत्रीय अध्यक्ष बिष्णुकुमार श्रेष्ठ लगायतका ग्रील तथा स्टील ब्यवसायमा देखिएका समस्याहरु सबै मिलेर समधान गर्नु पर्छ भन्ने धारणा राखेका थिए।

काठमाडौ जिल्ला भित्र रहेका ९ वटा इकाइ समितीका अध्यक्ष तथा पदाधिकार उपस्थित भएको कार्यक्रममा ग्रील ब्यवसायी र ब्यवसायमा आश्रीत परिवारको उपस्थिती रहेको थियो भने ९० जनाले निशुल्क टिटि खोप लगाएका थिए । कपन इकाइ अध्यक्ष भेषराज श्रेष्ठले टिटि खोप र बनभोज कार्यक्रमलाइ सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाइ धन्यबाद दिनु हुँदै आगामी दिनहरुमा पनि यस्ता किसिमको अन्य स्वास्थ शिबिर सन्चालन गर्दै जाने बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!