खेलले स्वस्थ र अनुसासित हुन मद्दत पुग्छ : उपाध्यक्ष कटुवाल

- March 29, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी सघ काठमाडौ पुर्बी क्षेत्रीय समितिले आयोजना गरेको प्रथम ग्रील तथा स्टील व्यवसायी फुट्बल प्रतियोगिताका बिजयी खेलाडीहरुलाइ शिल्ड, पदक र नगदद्वारा सम्मानित गर्दै नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष मोहन कटुवालले वर्ष भरी आफ्नो व्यवसायमा ब्यस्त भइरहने ग्रील तथा स्टील व्यवसायिहरुलार्इ यस किसिमको फुटबल खेलले रिफ्रेसमेण्टसगै स्वस्थ र अनुशासनमा रहन ठूलो मद्धत पुग्ने बताएका छन् ।

उपाध्यक्ष कटुवालले यस्ता प्रकारका खेलबाट फाईदा पुग्ने भएको हुदा देशप्यापी रुपमा फुटबल लगायतका अन्य खेलहरु आयोजना गर्न ग्रील तथा स्टील ब्यवसायीहरुलाइ आग्रह गरे । ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका सस्थापक अध्यक्ष समेत रहेका कटुवालले देशमा आर्थिक मन्दीका कारण ग्रील उद्योगहरु पुर्ण रुपमा सञ्चालन गर्न नसक्दा भाडा तिर्न कर्मचारिलाइ तलब दिन र बैकको ब्याज समेत तिर्न नसकिरहेको अवस्थामा पुर्बी क्षेत्रीय समितिले ब्यवसायिमा छाएको नैरास्यतालाइ कम गर्न ग्रील ब्यवसायिहरु ऐतिहासिक प्रथम फूट्बल प्रतियोगिता आयोजना गरेर सफलतापुर्वक सम्पन्न गरेकोमा हार्दिक धन्यवाद दिदै ग्रील तथा स्टील ब्यवसायिका समस्याहरु समाधान गर्न नेपाल घरेलु तथा साना उध्योग महासघले पहल गर्ने बताए ।

पुर्बी क्षेत्रीय समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, महासघका अध्यक्ष ठुलोबाबु श्रेष्ठ निबर्तमान बरिष्ठ उपाध्यक्ष निरन्जनकुमार श्रेष्ठ, काठमाडौ जिल्ला अध्यक्ष सुनिलकुमार अमात्य ललितपुर जिल्ला अध्यक्ष भागवत सुवेदी पश्चिम् क्षेत्रीय अध्यक्ष शैलेस ठकुरी लगायतका ब्यक्तिले आफ्नो धारणा राखेका थिए।

काठमाडौ जिल्ला भित्र रहेका १४ वटा इकाइ समितिहरु , काठमाडौ जिल्ला ललितपुर जिल्ला र महाघको टिमले प्रतियोगितामा भाग लिएका थिए । पश्चिम क्षेत्र अन्तगत पर्ने सानो भ¥याङ ठूलो भ¥याङ इकाइ समिति बिजयी भएको थियो । पुर्बी क्षेत्रीय समिति अन्तर्गत रहेको कपन इकाइ समिति उपबिजेता भएको थियो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!