इलाम र बझाङमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

- March 27, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ  : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा जानकारी गराउनुभएको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ को  प्रदेशसभा ‘क’ मा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिनुभयो ।

उम्मेदवारको नाममा छलफल बाँकी रहेको र आगामी बैठकमा आवश्यक निर्णय गरिने उहाँको भनाइ छ ।

ती क्षेत्रका उम्मेदवारको नाम  सिफारिस भएर आएपछि आवश्यक निर्णय हुने माओवादी केन्द्रले जनाएको छ ।

यस्तै, प्रदेश सरकारको विषयमा छलफल भए पनि सत्तागठबन्धनमा आबद्ध दलहरुका बीचमा आवश्यक परामर्शपछि निर्णय गरिनेछ । बिहीबारसम्म प्रदेश सरकारका बारेमा टुङ्गो लगाउने तयारी छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!