अष्ट्रेलियामा डुङ्गा डुब्दा एकको मृत्यु, दुई बेपत्ता

- March 26, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

क्यानबेरा  : दक्षिण अस्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिएपछि एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन् ।

एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु नजिकै सोमबार दिउँसो डुङ्गा डुब्दा पाँच जना डुङ्गामा सवार थिए ।

केही समयअघि त्यही स्थानको पानीमा एकजना मृत व्यक्ति फेला पारेको प्रहरी अकिारी पल बहरले मङ्गलबार बिहान पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

उहाँका  अनुसार  मृत व्यक्तिको पहिचान तथा पुष्टि हुन भने बाँकी नै  छ ।

दुर्घटनामा परेका दुई जिवित व्यक्ति एक चट्टानमा फेला परेको स्रोतले बताएको छ ।

डुङ्गामा सवार रहेका परिवारका सदस्य तथा नजिकका साथीहरूको समूह रहेका प्रहरीले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!