सिम्पल आर्ट्सको २६ औं सम्मान प्रदान

- February 25, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सिम्पल आर्ट्स बानेश्वरले आफ्नो २६ औं ‘सिम्पल सम्मान’ विभिन्न विधामा सकृय रहेका महानुभाबहरलाई प्रदान गरिएको छ , सस्थापक अध्यक्ष सङ्गीतकार तथा निर्देशक केशव सान्दाइले स्वागत गरेसंगै सुरु भएको सो कार्याक्रममा सबिना बयलकोटीको स्वागत नृत्य र दुर्गा अधिकारीले लेखेको स्वागत गीतलाई सुसेली ममता मृदुलले गाएर स्वागत गरेको अध्यक्ष केशवले बताएका छन् ।

साहित्यकार राधेश्याम लेकालीले समाजसेवी शोभित उप्रेतीलाई ,साहित्यकार वेदमणि घिमिरेले साहित्यकार मधुसूदन प्रसाद घिमिरेलाई, साहित्यकार ढुण्डीराज पोखरेलले शिक्षासेवी केदारप्रसाद तिमल्सिनालाई, कामनपा ३१ का वडाध्यक्ष सरोज ढकालले चलचित्र निर्माता तथा बितरक सरोज शर्मालाई, साहित्यिक पत्रकार तथा साहित्यकार चेतनाथ धमलाले गायक तथा सङ्गीतकार सुर्य दयालुलाई र गायक सिताराम पोखरेलले कलाकार सरिता लामिछानेलाई सम्मान पत्र अर्पण गरेका थिए ।

साहित्य, सङीत, कला र सामाजिक क्षेत्रका व्यक्तित्वहरु,कात्यायन, दुर्गा अधिकारी भमरकोटे, कृष्ण आचार्य, ध्रुबराज थापा, सुरेन्द्र रायमाझी, वसन्त शर्मा, जयराम बिडारी, प्रा. शुकदेव उपाध्याय, जमुना पोखरेल, प्रीति कौर, रन्जना पराजुली ,करुणा पोखरेल, रजनी बस्नेत, विक्रम श्रेष्ठ सागर, राधिका पन्त, सन्तोषकुमार पोखरेल, ममता मृदुल, रामजी धिताललगायतले खादा, सास र रुद्राक्षको माला र सभापति सान्दाइले टिका लगाइदिएर सम्मानित व्यक्तित्वलाई सम्मान गरेको बताइएको छ ।

सो अवसरमा गीतकार नारायण कुमार आचार्यलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको छ । सम्मानितको तर्फबाट कलाकार सरिता लामिछानेले छोटो मन्तव्य दिएपछि भाग्यशाली दर्शक पुरस्कार मनोजकुमार घिमिरेलाई प्रदान गरेर कार्यक्रम समापन गरिएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!