राष्ट्रिय खाद्य बैंकद्वारा लोकन्थलीमा‘ खाद्यान्न मार्ट’ सञ्चालन

- December 26, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । राष्ट्रिय खाद्य बैंक लिमिटेडद्वारा लोकन्थलीमा सञ्चालन गरेको स्टोरमा ‘स्थाीयन उत्पादनका विविध खाद्यान्न स्टोर ‘आरके बि मार्ट’ थप व्यवस्थित गरेर सञ्चालनमा भै रहेको छ ।

सो मार्ट मध्यपुर थिमि नगरपालिका वडा नं १ स्थित, आँखा अस्पताल नजिक दिव्यश्वरी प्लानिङ्ग लोकन्थली (लौहकिल्थली) भक्तपुरमा रहेको छ यसअघि जडिबुटी तरकारी बजार पारी झोलुंगे पुल नजिकै रहेको सो मार्ट आइतबारदेखि नयाँ व्यवस्थापनका साथ दिव्यश्वरी प्लानिङ्गको सार्वजनिक वाटिका .(पार्क) अगाडि स्थापना गरिएको बैंकका प्रबन्ध निर्देशक रामशरण देउजाले बताएका छन् ।

सो मार्टमा देशभरी रैथाने प्रविधि, वीऊवीजन र प्रांगारिक मलको प्रयोग गरि खेती गरेर उत्पादित विशुद्ध प्रांगारिक र रैथाने खाद्यवस्तु मात्रै विक्री वितरण हुने सो बैंकका प्रवन्ध निर्देशक देउजाले बताए । मार्ट हरेक दिन विहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको छ । दैनिकरुपमा हरेक घरको भान्छामा प्रयोग हुने चामलदेखि दाल, गेडागुडी, तेल, घिउलगायत खाद्यान्न खाद्य बैंकले नेपालका विभिन्न ठाउँमा उत्पादनको साथै संकलन गरेर ल्याउने गरेको बताइएको छ ।

‘खाद्य बैंकले लोकन्थलीमा सञ्चालन गरेको मार्टमा विक्री गरिने खाद्यान्न शतप्रतिशत रैथाने र प्रांगारिक रहेको दाबी सो बैकको रहेको छ । विभिन्न विषादि र मल प्रयोग गरि उत्पादन गरि विक्री वितरण गरिएका खाद्यान्नबाट प्रायजसो उपभोक्तामा मुटु, क्यान्सर, मिर्गौलालगायत रोगको संक्रमण बढ्न थालेपछि खाद्य बैंकले आम उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै विशुद्ध प्रांगारिक र रैथाले खाद्यान्नको उत्पादन र सरल बजारीकरणमा जोड दिँदै आएको प्रवन्ध निर्देशक देउजाले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!