चलचित्र कलाकार संघमा निरौलाले उप्रेतीलाई २६ मतले हराउदै अध्यक्षमा निर्वाचित

- March 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौलाले जित हासिल गर्न सफल भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले हराउदै उनी अध्यक्षमा निर्वाचित भएका हुन ।

कूल खसेको मत ४ सय ६८ मध्ये निरौलाले २ सय ३५ मत प्राप्त गरे भने उप्रेतीले २ सय ९ मत प्राप्त गरेकी छिन । २६ मत बदर भएको जनाइएको छ । संस्थाको स्थापनाकालदेखि नै निरौलाले महासचिव र उपाध्यक्ष पदमा रहेर काम गरिसकेका थिए । अघिल्लो कार्यसमितिमा उनी उपाध्यक्ष तथा प्रवक्ताको रुपमा कार्य सम्पादन गरेका थिए ।

त्यसैगरी, उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भएका छन् । महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भए । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् । सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् । सदस्यहरुमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुस्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!