काठमाडौं । दक्षिणकाली नगरपालिकामा तेस्रो मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समूह तथा केविन रोहण स्मृति उपत्यका व्यापी सिनक्योकुसिन फुल कन्ट्याक्ट कराते प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका खेलकुद भन्ने नारा सहित काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका वडा नं. १ स्थित घट्टेचौरमा नेपाल सिनक्योकुसिन काई कराते संघ चाल्नाखेलद्वारा आयोजित तेस्रो मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समूह तथा केविन रोहण स्मृति उपत्यका व्यापी सिनक्योकुसिन फुल कन्ट्याक्ट कराते प्रतियोगिता भव्यताका साथ सम्पन्न गरिएको हो ।
दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। बुबा कृष्ण गुरुङ र आमा लिला थापामगरका छोरा केविन रोहन गुरुङको सम्झनामा उक्त कार्यक्रम गरिएको हो । एसियाली प्रमुख विश्व कराते संगठन डल्वुकेओ का जेबी सुजोतो उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल सिनक्योकुसिन कारातेका प्रमुख तथा महासचिव ब्रान्चचिफ सूर्यबहादुर बुढाथोकीले न्युज अभियान डटकी सहसम्पादक टुका भण्डारी लगायतलाई प्रशंसापत्र सहित सम्मान गरिएको छ । सिनक्योकुसिन फुल कन्ट्याक्टका खेलाडीहरुको प्रतिस्पर्धामा खेल सम्पन्न भएको संयोजक विनोद गुरुङले बताए । शुक्रबारदेखि शुरु भएको खेल आज शनिबार समापन भएको हो ।
प्रतिक्रिया