तेस्रो राष्ट्रिय मेयरकप तथा सातौं केभिन रोहन स्मृति प्रतियोगिता फागुनको अन्तिम साता

- March 4, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका स्थित घट्टेचौरमा तेस्रो राष्ट्रिय मेयरकप तथा सातौं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप प्रतियोगिता  फागुन २६ र २७ गते हुने भएको छ ।

नेपाल सिनक्योकिसन काई कराते संघले यही फागुन २६ र २७ गते उक्त प्रतियोगिता गर्ने जानकारी आज बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

संघले तेस्रो राष्ट्रिय मेयरकप तथा सातौं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप संचालनको बारे आयोजित पत्रकार सम्मेलनमा नेपाल सिनक्योकिसन काई कराते संघ दक्षिणकालीका अध्यक्ष एवं आयोजक विनोद गुरुङले उक्त प्रतियोगिताबारे जानकारी गराउनु भएको हो ।

सो सम्मेलन दक्षिणकाली नगरपालिका उपमेयर बसन्ती डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर बसन्ती डंगोलले खेल शारिरीक, मानसिक रुपमा स्वस्थ हुनको लागि र अनुशासनको लागि खेल्नुपर्ने बताउनुभयो ।

उहाँले खेलाडीलाई देशको गौरव र राष्ट्र चिनाउने व्यक्तित्वको रुपमा हेरिएको बताउनुभएको थियो । एक थुकी सुकी,सय थुकी नदी भने झै सबैजना हातेमालो गरी सहकार्य गरेर जान सकियो भने खेल क्षेत्र मात्र नभई सबै क्षेत्रका काममा सफलता पाइने उहाँले बताउनु भयो ।

त्यसो त खेल र खेलाडीको विकासको लागि नगरपालिकाले खेल विधामा विगतदेखि नै सहकार्य गर्दै आएको र अहिले पनि सहकार्य गरेरै जाने बताउनुभयो । प्रतियोगितामा सातै प्रदेशबाट खेलाडीको सहभागीता रहने संयोजक गुरुङले जानकारी गराउँनुभयो ।

बाहिरबाट आउने खेलाडीलाई कुनै किसिमको दुःख,कष्ट नहोस् भन्ने उद्देश्यले खाना, बस्न, साथै यातायातको व्यवस्था गरिएको पनि बताउनुभयो । सो सम्मेलनमा संघलाई माया, प्रेम, स्नेह गरेर विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरि, पत्रकार सम्मेलनमा बिशेष अतित्थ्य ग्रहण गर्दै जय थापा मगर, समाजसेवी कृष्ण गुरुङ,सिनक्योकिसन काई कराते संघका ब्रान्च चिफ सुर्यबहादुर बुढाथोकी,सिनक्योकिसन काई कराते संघका कृष्णचन्द्र बानिँया, आसिहारा कराते एसोसिएसन अध्यक्ष अनित न्यौपाने,खेलीप्रेमी सुर्य कार्की, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव छायाचन्द्र भण्डारी लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिँदै आफ्नो भनाई राख्नुभएको थियो ।

समाजसेवी कृष्ण गुरुङ उक्त प्रतियोगिताका लागि आवश्यक टिर्सट र नगद एक लाख ५५ हजार नगद सहयोग गर्ने जानकारी दिनुभयो । उक्त प्रतियोगितलाई भव्य र व्यवस्थित गराउनको लागि संयोजकहरु तोकिएको छ ।

जस अनुसार भोजन व्यवस्थापनमा दिनेशकुमार नगरकोटी, आवासमा शिवहरी थापा, स्वयमसेवक परिचालन राजेश तामाड, आर्थिकमा संगिता वोगटी, मञ्च व्यवस्थापनमा उषा के.सी.र मिडिया संयोजकमा छायाचन्द्र भण्डारीलाई तोकिएको संघले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!