सरकारी नीतिकै कारण व्यवसायीले आत्मदाह गर्नु परेको महासंघको ठहर

- January 27, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले मूलतः व्यवसायिक कठिनाइका कारण आत्मदाह गर्नुपरेको ठहर नेपाल उद्योग वाणिज्य महासंघले गरेको छ ।

महासंघ तरलता अभावका कारण सिर्जित समस्या, अस्थीर ब्याजदर, बजारमा उधारो नउठने समस्या, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्ठता र सरकारी निकायको वेवास्ताका कारण लाखौ लघु, घरेलु, साना एवं मझौला उद्यमी आहत भएको बताउदै त्यसैको कारणले आत्मदाह र आत्महत्यासम्मको गलत बाटो व्यवसायीहरुले रोज्न बाध्य बताएको ठहर समेत गरेको छ ।

यिनै व्यवसायिक समस्याकाकारण व्यवसायीहरु देहत्याग गर्नुपर्ने अवस्थामा पुग्नु निक्कै दुःखदायी अबस्था भएको समेत महासंघले जनाएको छ । महासंघले ब्याजदर स्थायित्व, उधारो सम्बन्धि ऐन, दामासाही सम्बन्धि ऐन, व्यवसायिक उधारोको विमा, प्रक्रियागत सहजीकरण, सहज वित्तिय पहुँच, बजार पहुँच विस्तार लगायतका बिषयको सम्बोधन गर्न सरकार, नेपाल राष्ट्र बैंक एवं अन्य सरोकारवाला समक्ष निरन्तर पैरवी गर्दै आइ रहेपनि सो विषयमा सम्बोधन नभएकै कारण अहिले घटना बढ्दै गएको उल्लेख गरेको छ ।

सरकार र केन्द्रिय बैंकबाट यस्ता मागको सुनुवाई हुन नसक्दा दुःखद घटनाहरु बढदै गैरहेका जनाएको छ । यस परिप्रेक्ष्यमा लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या तत्काल सम्बोधन गर्न महासंघ नेपाल सरकार, नेपाल राष्ट्र बैंक र अन्य सरोकारवालाहरुमा जोडदार माग गरेको छ ।

यिनै समस्याका कारण कुनै व्यवसायीले अकालमा ज्यान गुमाउनु नपरोस र व्यवसाय निर्वाध सञ्चालन गर्न सक्ने वातावरण बनाउन महासंघ सम्पूर्ण सबै सरोकारवालाहरुसंग माग गरेको छ । लघु, घरेलु साना एवं मझौला उद्यमीलाई सहयोग पु¥याउन महासंघमा सहायता केन्द्र स्थापना गरिएको छ । निकट भविष्यमा नै वेबसाइट मार्पmत गुनासो संकलन गरि सम्बन्धित निकायमा पु¥याउने तयारी समेत महासंघले गरेको छ । व्यवसायिक विवाद समाधानका लागि महासंघमा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!