देशभरका सिडियोहरुको सरुवा (सूची सहित)

- January 21, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारको नेतृत्व परिवर्तनसंगै गृहमन्त्रालयको जिम्मेवारी स्वतन्त्र पार्टीले लिएपछि प्रहरी प्रशासनमा व्यापक हेरफेर गरिने कार्यलाई तीव्रता दिदै आएको छ । गृहमन्त्री रबी लामिछानेले लिएसंगै प्रहरीका उच्च पदस्थ अधिकारीको सरुवा पछि अहिले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको छ ।

गृहमन्त्री लामिछानेमाथी नागरिकता विवादमा मुद्दा अदालतमा विचाराधिन रहेको अबस्थामा सो मुद्दालाई निस्कृय बनाउने भित्री योजनामा रहेको आरोप लागी रहेकै अबस्थामा सवै ७० जना सिडियोको सरुवा गरेसंगै अहिले चौतर्फी चर्चा सुरु भएको छ । सरकारले ७० जना प्रमुख जिल्ला अधिकारीसहितका कर्मचारीको सरुवा गरेको हो ।

शुक्रबार गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेको जनाएको छ । राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा सम्बन्धी कार्यविधि ल्याएको थियो । सोही अनुसार प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीको सरुवा गरिएको दाबी गरिएको छ ।

सरुवा भएका सिडियोको नाम सूची हेर्नकालागि यहाँ  रा.प._प्रथम क्लिक गर्नुहोस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!