March 13, 2025, 8:04 am
» सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन » कालिकोटमा कुटपिटबाट एक जनाको मृत्यु, अर्का घाइते » बिहानैदेखि ठाउँ-ठाउँमा होली विशेष चेकिङ » धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु चुनाव स्थगित » सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाईं दिंदैछ लाभांश

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फाल्गुन २८, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

भक्तपुर – अरनिको राजमार्ग खण्ड अन्तर्गत यहाँको मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरचोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १८८४ नं को ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ३१ प ४४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-६ बस्ने ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।प्रहरीले ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भई हाल मध्यपुरथिमि-३ सागबारी बस्ने ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया