एक सय ३३ जनाको नि:शुल्क आँखाको अप्रेशन गरिने

- January 21, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काभ्रे । इन्द्रावती नगरपालिका सिन्धुपाल्चोक, मन्डनदेउपुर नगरपालिका काभ्रे र मेलम्ची नगरपालिका काभ्रेमा आयोजना गरिएको निशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । सो शिविरमा सहभागी स्थानीय बासिन्दाहरुमध्ये १ सय ३३ जनाको आँखाको अपे्रशन गर्नुपर्ने भएको इन्द्रावती सामुदायिक स्वास्थ्य केन्द्र सिपाघाटका व्यवस्थापन समितिका अध्यक्ष कुबेर श्रेष्ठले बताए ।

तिलगंगा आखा अस्पताल र इन्द्रावती सामुदायिक केन्द्र सिपाघाटको संयोजनमा भएको सो शिविरमा आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको अध्यक्ष श्रेष्ठले बताएका छन् । सो निःशुल्क आँखा शिविरमा ९७० जना आँखाका बिरामीले उपचार गरिएको थियो । जसमा १३३ जना आँखाका बिरामीलाई निःशुल्क शल्यक्रिया माघ ९ र १० गते इन्द्रावती सामुदायिक केन्द्र सिपाघाटमा गरिने समेत उनले बताए ।

सो अप्रेशनमा ५० देखि ७३ वर्षसम्मका बृद्धबृद्धाहरुको अप्रेशसन गरिने बताइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार पुस २३ देखि माघ ३ गतेसम्म मण्डन देउपुरमा ६ स्थानमा, इन्द्रावतीमा ३ र सिपाघाटमा १ स्थानमा आँखा शिविर सञ्चालन गरिएको जनाए । उनका अनुसार सो शिविरमा पुरुष ९७०, महिला ४४० र ८ देखि १० वर्षका २० जना बच्चाहरुको उपचार गरेको बताए ।

आँखाको उपचारका लागि मंहगो खर्चेर ठूला सहर धाउनुपर्ने बाध्यतालाई हटाउदै घरटोलमै उपचारको सेवा दिनकालागि शिविर सञ्चालन गरेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । स्वास्थ्य उपचारका शिविर गाउँगाउँमा सञ्चालन गरिए ग्रामीण भेगका सर्वसाधरणलाई ठूलो राहत मिलेको बताए । सो शिविरमा मोतीबिन्दु, जलविन्दु रोगको निःशुल्क शल्यक्रियालगायत आँखासम्बन्धि सम्पूर्ण उपचारहरु निःशुल्क प्रदान गरिएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!