‘राष्ट्रपति’ पदमा बसेर मैले काम गर्न सक्दिन : डा. रुइत

- January 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । सामाजिक सञ्जालमा डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउनु पर्ने भन्दै विभिन्न व्यक्तिले लेखेपछि डा. रुइतले ‘राष्ट्रपति’ पदमा बसेर मैले केही काम गर्न नसक्ने भएकाले त्यो पद मेरो लागि नभएको बताएका छन् । उनले काठमाडौँमा पत्रकार सम्मेलन गरेर यो राष्ट्रपति पद एक, दुई र तीन मेरो लागि नभएको बताएका हुन् ।

लोकतन्त्रमा राष्ट्रपतिको क्रिडियन्सिल क्रिडिबिलिटी असाध्यै महत्त्वपूर्ण रहेको बताउदै उनले भने,’ रबर स्टयाम्प भए पनि । इन्डियाको राष्ट्रपतिलाई हेर्नुहोस । कस्तो स्टाटस छ । हामी सबै मिलेर राष्ट्रपतिको स्टाटस क्रिडियन्सिल मेन्टेन गर्नुपर्छ र धेरै कमी छ त्यो चाहि म मान्छु । उनले ‘म आफ्नो लिमिटेसन, आफ्नो स्थानलाई राम्रोसँग बुझेको छु,’ उनले भने,’ यसैगरी र यहीँ कारणले म यति अगाडि आएको हुँ । मैल सक्ने जति गर्ने हो ।

दायाँबायाँ काम गर्न जान्दिन र गर्दिन ।‘ यो पदभन्दा गर्नुपर्ने धेरै कामहरू बाँकी रहेको डा. रुइतको बताए । उनले भने,‘मैले पहिलोपटक थाहा पाउँदा हिजोसम्म हामी पाँच, छ जना सर्ट लिस्टमा बसेका थियौ, म आफ्नो अनुभूतिहरू कसरी तपाइलाईं सेयर गर्ने । मलाई के लाग्यो भने ३० र ३५ वर्षको कर्म तथा एकोहोरो काम गराइको पहिचान संसारले गर्दोरहेछ ।’

डा. रुइतले यत्रो ठूलो अवार्ड पाउँदा आफैँलाई विश्वास गर्न नसकेको बताए । ‘अवार्ड पाएपछि राम्रो महसुस गरी कसलाई भनौ भनौ भनेर फिल गरें,’ केहीबेर रोक्किएर उनी भन्छन्,’ यस्तो खालको ग्लोबल अवार्ड सर्भिस टु ह्ययुमानिटीलाई दिइन्छ ।‘ संसारको मानचित्रमा नेपाल र नेपालीले यस्तो गर्दोरहेछ भनेर नाम राख्न सफल भएको उनले बताए । उनले भने,‘मेरो जीवनको लामो कमाइ नै ‘सबभन्दा पहिले चक्कु चलाउनदेखि अहिलेसम्म ३५ वर्ष पुगिसक्यो,’ अवार्डलाई लक्षित गर्दै उनी भन्छन्,’ यो जिन्दगीको तपस्याको फल हो ।

विदेशीहरूले यही काम गर्न दुईदेखि तीन गुणा बढी मेहनत गर्नुपर्छ ।‘ ‘यसले नेपालको चिनारीलाई पनि लगेको छ । राज्यले मलाई कसरी लिन्छ र यसलाई हेरिरहेको छु,’ उनको भनाइ छ,’ यो इन्ट्रेस्ट्रिङ कुरा हो केही हप्ताको लागि । चुनौती पनि उत्तिकै छ ।‘ नेपालमा पहुँच नपुगेको ठाउँमा निरन्तर सेवा दिनलाई लागि परेको डा। रुइतको भनाइ छ ।

आँखाको क्षेत्रमा सहकर्मी र अन्य संघसंस्थाले पनि काम गरिरहेको उनले बताए । आँखाको क्षेत्रमा यो काम सामाजिक उद्यम बनेर अगाडि बढिरहेको डा। रुइतले औंल्याए । नाफारहित र राम्रो व्यवस्थापन गरेर गइरहेको उनले आफ्नो अनुभव सुनाए । ‘राज्यले यो मोडललाई जनताको माझमा लैजानलाई ठूलो अवसर पाएको छ,’ आफ्नो अनुभव सुनाउँदै उनी भन्छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!