सिरहा। सिरहामा सभ्य र सुरक्षीत , मर्यादित र शान्तिपूर्ण रुपमा होली पर्व मनाउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहाले अनुरोध गरेको छ।
तराई मधेशमा चैत १ गते मनाउने होली पर्वमा अनेक खालका विकृति देखिने गरेका कारण प्रहरीले सभ्य, मर्यादित र शान्तिपूर्ण रुपमा होली पर्व मनाउन जिल्ला प्रहरी कार्यालय सिरहाले आमनागरीकमा अनुरोध गरेको हो ।
प्रहरीले साथीभाइ तथा आफन्तहरूसँग मात्र होली खेल्न, पैदल यात्रुहरूलाई हैरानी नदिन, जबर्जस्ती रंग नलगाउन, लागूऔषध तथा मादक पदार्थ सेवन नगर्न विशेष अपिल गरेको छ।
सार्वजनिक स्थलमा चर्को आवाजमा डीजे नबजाउन, ट्राफिक नियमको पालना गर्न, हेल्मेट अनिवार्य प्रयोग गर्न तथा अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक र पर्यटकहरूप्रति दुव्र्यवहार नगर्न पनि सचेत गराइएको छ।
होलीको नाममा कुनै गैरकानुनी गतिविधि भएमा कारबाही हुने तथा शान्ति सुरक्षा कायम राख्न आमनागरिकहरूलाई सहयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ।
-मुकेश कुमार यादब
प्रतिक्रिया