March 12, 2025, 6:34 pm
» काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा » उद्योगमन्त्री माल्टा जाँदै, वनमन्त्री जर्मनी » ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु » काठमाडौंका तीन खाद्य गोदाममा छापा, अनुमतिबेगरै खाद्यान्न प्याकिङ » देशलाई नयाँ वैकल्पिक शक्तिको आवश्यकता छ : बाबुराम भट्टराई

अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह

फाल्गुन २८, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन्।

सरकार गठन भएको ८ महिना बितिसकेको अवस्थामा मन्त्रीहरूले सम्पत्ति सार्वजनिक नगर्नुले सुशासनमाथि प्रश्न उठाएको उनले जिकिर गरे ।

प्रतिनिधिसभामा बुधबार पेस भएको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिँदै साहले सम्पत्ति सार्वजनिक गर्न नसक्ने सरकारले सुशासनको कुरा गर्न नसुहाउने जिकिर गरे।

सांसद साहले सुशासनका लागि पारदर्शिता आवश्यक पर्ने भए पनि वर्तमान सरकार कुनै पनि विषयमा त्यस्तो नभएको आरोप लगाए । उनले भ्रष्टाचार गरेको सम्पत्ति वैध बनाउन विधेयक ल्याइएको आरोपसमेत लगाए ।

अहिले देशमा कर आतंक रहेको उनले आरोप लगाए ।‘सरकारपिछेको कर आतंकले हाम्रो अर्थतन्त्र धराशयी हुँदै गएको छ । महंगी आकाशिएको छ । उद्योग तथा व्यवसाय चौपट भएका छन् । व्यापार घाटामा छ’, उनले भने, ‘जनताको जनजीवन कष्टकर छ । कर लिएबापत सरकारले जनतालाई सुविधा दिन सकेको छैन ।’

साहले विश्वमै नेपाल सबैभन्दा बढी कर लिने देशका रुपमा चिनिएको बताए । तर त्यसको बदलामा जनतालाई सुविधा नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

भारत र चीनभन्दा नेपालमा चार गुणा बढी कर लिइने भन्दै उनले त्यसको बदलामा जनतालाई चार गुणा बढी सुविधा दिनुपर्ने तर्क गरे । उनले जनतालाई सुविधा दिनेगरी कानुन, नियम बनाउनुपर्ने बताए ।

प्रतिक्रिया