March 12, 2025, 6:54 pm
» काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा » उद्योगमन्त्री माल्टा जाँदै, वनमन्त्री जर्मनी » ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु » काठमाडौंका तीन खाद्य गोदाममा छापा, अनुमतिबेगरै खाद्यान्न प्याकिङ » देशलाई नयाँ वैकल्पिक शक्तिको आवश्यकता छ : बाबुराम भट्टराई

नेपालमा उच्च वायु प्रदूषण

फाल्गुन २८, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं । नेपाल वायु आज उच्च प्रदूषित रहेको छ। स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको हो।

लामो समयदेखि पानी नपर्दा नेपालको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको आईक्यूयरले जनाएको छ।

आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको र त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको वातावरण विभागले जनाएको छ।

कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैँसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको बताइएको छ।

प्रदुषित शहरको शीर्ष स्थानमा भारत रहेको छ।

प्रतिक्रिया