स्कुल अफ म्यानेजमेन्ट स्पोर्टस सम्पन्न

- December 17, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ब्यबस्थापन संकाय अन्तरगतको स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा स्पोर्टस विक २०२२ सम्पन्न भएको छ । ५ दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बास्केट बल, चेस, म्यूजिकल चेयर, टेबल टेनिस, १०० मीटर दौड, घैटो फोड र टग अफ वार लगाएतका खेलहरु संचालन भएका थिए ।

प्रतियोगीतामा स्नातकोत्तर तह MBA, MBA GLM, MBA IT र MBA FCलगायतका विभिन्न सेमेस्टरमा अध्ययनरत ३ सय जना विद्यार्थीहरुले विभिन्न खेलहरु मार्फत सहभागिता जनाएका थिए । ‘स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा यो शैलीमा पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो ।

स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरु बीचको प्रतिस्पर्धा भन्दा पनि सामाजिक हुने मौकाको रुपमा आयोजना गरेका हौं” मिडिया संयोजक प्रदिप पराजुलीले बताएका छन् । छोटो समयमा नै यति धेरै खेलहरु संचालन गर्न धेरै चुनौती हुँदा पनि सौहार्दपुर्ण बाताबरणमा कार्यक्रम सम्पन्न गर्न सकिनु आँफैमा ठुलो उपलब्धि रहेको सृजना बताएकी छिन् ।

कार्यक्रम लाइ बेभरेज पाट्नरमा नेसक्याफे, फेशन पार्टनरमा सम्यमी बुटिक र एजुकेसन पार्टनरमा एशिया प्यासिफिक ईन्टरनेशनल कन्सल्टेन्सी ले प्रायोजन गरेका थिए । सो प्रतियोगिताको समापन कार्यक्रममा ब्यबस्थापन संकायका डिन डाक्टर डिल्लीराज शर्मा सहित कार्यकारी निर्देशक डा. गोबिन्द तामाङ र उपनिर्देशक डा. गंगाराम बिश्वकर्माले खेलकुदको माध्यामबाट समाज परिवर्तन गर्न समेत महत्वपूर्ण भुमीका खेल्ने बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!