डा. तोसिमा कार्कीले पदबाट दिइन् राजिनामा

- December 5, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा डा तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् ।प्रनिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा पत्र बुझाएकी छिन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी साँसद हुन ।

काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो । काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले ड. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको बताएका छन् । काउन्सिलले सो पत्र स्वास्थ्य मन्त्रालयमा पठाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!