भारतमा प्रतिबन्ध पतञ्जलिका औषधि नेपालमा खुला बिक्री

- December 2, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौं । भारत सरकारले रामदेवको कम्पनी पतञ्जलीद्वारा उत्पादित पाँच थरी औषधिको उत्पादन र बिक्री वितरणमा रोक लगाएको भएपनि ती औषधिहरु नेपालमा भने खुला रुपमा बिक्री गरिदै आएको छ । भ्रमक विज्ञापन गरेको आरोप लागे पछि यो तहको कारबाही गरिएको बताइएको छ ।

भारत सरकारले पतन्जलीको सहायक कम्पनी दिब्य फार्मेसीबाट उत्पादित दिव्य मधुग्रिट, दिव्य आईग्रिट गोल्ड, दिव्य थाइरोग्रिट, दिव्य बीपीग्रिट र दिव्य लिपिडोम नामका औषधीको उत्पादन रोक्न आदेश दिइएको छ । ती औषधिहरु क्रमशः मधुमेह, थाइराइड, आँखाको संक्रमण र रक्तचाप तथा कोलेस्टरलमा प्रयोग गरिन्छ ।

उत्तराखण्डमा रहेको भारत सरकार अन्तरगतको अथोरिटीज अफ आयुर्वेदिक एन्ड युनानी सर्भिसेसले ती पाँच बस्तुको उत्पादन र विक्री वितरणमा रोक लगाउनुको साथै बजारमा पठाइसकेका समानहरु प्नि फिर्ता लिन र सञ्चार माध्यमबाट यी पाँच उत्पादनको विज्ञापन प्रशारण तथा प्रकाशन बन्द गर्न समेत कडाईका साथ निर्देशन दिएको छ ।

रामदेवको उक्त फार्मेसीले ड्रग्स एन्ड म्याजिक रेमेडिज एक्टको पटक पटक उल्लंघन गरेको बताइएको छ । सरकारले अनुमति नदिए पनि जर्वजस्त भ्रामक सूचनाहरु फैलाउँदै आफूले उत्पादन गरेको समानहरु विक्री गर्ने गरेकोले सरकारले कारवाही प्रक्रिया शुरु गरेका उत्तराखन्ड आयुर्वेदिक एन्ड युनानी सर्भिसेसका लाइसेन्स अधिकृत डा.जीसीएस जंगपंगीले संचारमाध्यमलाई बताएका छन् ।

उनकाअनुसार रामदेव र उनको कम्पनीबाट उत्पादित यी पाँच औषधिको फर्मुलेशनलाई अहिलेसम्म भारत सरकारले अनुमति दिएको छैन । तर, रामदेवले सरकारबाट अनुमति नै नलिई ठूलो मात्रामा विक्री वितरण शुरु गरेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!