जनताले दलका यि महासचिवहरुलाई रुचाएनन्

- November 24, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदबार रहेका मध्ये दलका प्रायः जसो महासचिबहरुलाई यस पटक जनताले रुचाएनन् । निर्वाचनमा प्रमुख ४ पार्टीका ४ महासचिव÷महामन्त्री चुनावी मैदानमा उत्रिएका थिए । चुनावी मैदानमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुवै जना खडा भएका थिए ।

तर उनीहरु दुबैले सानदार जित दर्ता गराए । तर एमाले र माओवादी केन्द्रका दुई शक्तिशाली महासचिव पराजित भएका छन् । एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल दाङ २ बाट पराजित भएका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङ लमजुङमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङसँग पराजित भए ।

राष्ट्रिय प्रजातन्त्र पाटीका महामन्त्रीद्वय धवल शमशेर राणा र कुन्ती शाही पनि चुनावी मैदानमा उत्रेका थिए उनीहरुमध्ये धवल निर्वाचित भए भने कुन्तीले हार व्यहोर्नु परेको छ । झापा १ बाट कांग्रेसका शर्माले ३९ हजार ६२४ मतका साथ विजय हासिल गरे । उनले एमालेका अग्नि खरेललाई पराजित गरे काठमाडौं ४ मा कांग्रेस महामन्त्री गगनले एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गरे ।

दाङ २ मा एमाले महासचिव शंकरपनि जनताको रोजाईमा परेनन् । उनलाई माओवादीकी रेखाले हराइन् । पोखरेल अध्यक्ष केपी ओलीका विश्वासपात्रका रुपमा चिनिन्छन् । लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी हुँदा माओवादी केन्द्रका महासचिव देव गुरुङ जनताको रुचाईमा परेनन् ।

गुरुङ माओवादीको अध्यक्ष पछिको शक्तिशाली मानिने पद महासचिव बनेका थिए । बाँके २ मा राप्रपाका महामन्त्री धवल शमशेर राणा सानदार मतका साथ विजयी बन्दा राप्रपाकी अर्की निर्वाचित महामन्त्री कुन्ती शाही जनताबाट अस्वीकृत बनीन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!