विद्यालय भवन बनाउँदा भ्रष्टाचार : श्रेष्ठ, शर्मा, भण्डारी र जिसीविरुद्ध मुद्दा

- November 23, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कमजोर सरकारी कारबाहीकै कारण देशभर विभिन्न योजना र नामबाट करोडौ रुपैयाँ भ्रष्टाचार हुदै आएको छ । यहाँ मन्दीर बनाउनेदेखि विद्यालय भबन बनाउने कार्यमा समेत खुला रुपमा भ्रष्टाचार गरि अकुत सम्पत्ती संकलन गरेपनि सरकारी निकायबाट कारबाही नहुदा सो अनियमितता नियन्त्रण हुनेभन्दा पनि झन मौलाउदै गएको पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको एक मुद्दाबाट देखिएको छ ।

प्राप्त खबर अनुसार सल्यानको शारदा नगरपालिका–२ लुहापिङ्गलस्थित श्री त्रिभुवन जन माध्यमिक विद्यालयको भवन निर्माणमा समेत भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । भवन निर्माण गर्दा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर समेत गरेको छ । बुधवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आयोगले शारदा नगरपालिका वडा नम्बर–२ का तत्कालीन वडा अध्यक्ष केशव सिंह श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज शर्मा, भवन निर्माण समितिका अध्यक्ष रिमलाल भण्डारी र तत्कालीन प्रअ माधव बिक्रम जिसीविरुद्ध मुद्दा दायर गरेको छ ।

शारदा नगरपालिकाका इन्जिनियर तुफान जि जंग केसी र सव–इन्जिनियर सरस्वती थापाको समेत सो भ्रष्टाचारमा संलग्नाता रहेको भन्दै आयोगले उनीहरुलाई विपक्षी बनाएर मुद्दा दायर गरेको छ । भवन निर्माण गर्दा फिल्डमा भएको भन्दा धेरै काम देखाएर ८७ लाख ३ हजार भ्रष्टाचार भएको आयोगको ठहर छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!