March 12, 2025, 9:22 am
» सेन्सरमा रोकियो फिल्म ‘राजागंज’ » एमाले पार्टी कार्यालय च्यासलमा शिक्षकहरुको धर्ना » नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य » माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको सुनुवाई जारी » नेपालमा उच्च वायु प्रदूषण

नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

फाल्गुन २७, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौ,  । नेप्सेमा सूचीकृत भएको नेष्डो लघुवित्तको आज फागुन २७ गते मंगलबार लाशांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
यस कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
नेष्डो लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११.३० बजे सुरु हुनेछ ।

प्रतिक्रिया