March 12, 2025, 2:33 pm
» सभ्य, मर्यादित र सुरक्षित रुपमा होली मनाउन प्रहरीको आग्रह » क्यानले गर्यो ३३ खेलाडीसँग बार्षिक सम्झौता, को को परे ? » प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी विधेयक’ प्रस्तुत » सेन्सरले फिल्म ‘राजागंज’ रोकेपछि दीपकराज र निश्चलको विरोध » स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित- अर्थमन्त्री पौडेल

एमाले पार्टी कार्यालय च्यासलमा शिक्षकहरुको धर्ना

फाल्गुन २८, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल शिक्षक महासंघले दोश्रो चरणको आन्दोलनका क्रममा नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको छ ।

सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले बुधबार एमाले मुख्यालयमा धर्ना दिएका हुन् । सवै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु अव जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ ।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दवाव दिने उदेश्यले बिभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । यस पटकको आन्दोलन निर्णायक भएको भन्दै चाडो भन्दा चाडो विधालय शिक्षा ऐन अघि बढाउन उनले आग्रह गरे ।

दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत चैत्र ५ गतेसम्म बिभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ ।त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन गर्ने महासंघको भनाइ छ ।

प्रतिक्रिया