March 12, 2025, 2:07 pm
» सभ्य, मर्यादित र सुरक्षित रुपमा होली मनाउन प्रहरीको आग्रह » क्यानले गर्यो ३३ खेलाडीसँग बार्षिक सम्झौता, को को परे ? » प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी विधेयक’ प्रस्तुत » सेन्सरले फिल्म ‘राजागंज’ रोकेपछि दीपकराज र निश्चलको विरोध » स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित- अर्थमन्त्री पौडेल

हुम्लामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु

फाल्गुन २८, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

हुम्ला – हुम्लाको मध्यभेगमा आज बिहान माटोको ढिस्कोले पुरिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । पुरिएर अन्य चार महिला घाइते भएका छन् ।

सर्केगाड गाउँपालिका-७ रोडिकोट गाउँको राहकोट भन्ने ठाउँमा बिहान घर लिपपोतका लागि माटो लिन गएकी २८ वर्षीया नेत्रकला जैसीको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिए । माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर मृत्यु भएको हो ।

यस्तै माटोको ढिस्कोले पुरेर चार महिला घाइते भएको जानकारी प्राप्त भएको छ । घाइते हुनेमा सर्केगाड-७ रोडिकोटकै २५ वर्षीया तीर्थकला जैसी, २७ वर्षीया जालकी जैसी, २० वर्षीया लक्ष्मी जैसी र २६ वर्षीया मञ्जु जैसी घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले घाइतेको रोडिकोटमै रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार भइरहेको छ ।

प्रतिक्रिया