फरार सन्दीप लामिछाने एयरपोर्टबाटै पक्राउ

- October 6, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । बालिका बलात्कारको आरोप लागेपछि विदेशमै लुकीछिपि बस्दै आएका क्रिकेट राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।  कतार एयरवेजको विमानबाट  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले तत्काल पक्राउ गरेको हो । गत भदौ २१ गते एक बालिकाले सन्दीपले आफूलाई बलात्कार गरेको प्रहरीमा उजुरी दिएकी थिइन् । त्यतिवेला सन्दीप  क्यारेबियन लिग खेल्न नेपालबाहिर गएका थिए ।  उनीविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेकाे थियााे ।                              सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले २५ दिनको समय पाउने छ। अनुसन्धान टुङ्गिएपछि सन्दीपले जबरजस्ती करणी गरेको प्रमाण भेटिएमा प्रहरीले उनीविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिन्छ। बयान सकिएपछि थुनछेक बहस हुने छ। अदालती भाषामा थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्नेमा बहस हुनेछ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!